प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो १० औं राष्ट्रिय खेलकुदको तयारी
पाेखरा | चैत १९, २०८०
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ ।
परिषद्मा आइतबार खेल संघहरुसँग बैठक बस्दै १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको हो ।
परिषद्ले सबै खेल संघहरुलाई बैशाखभित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न निर्देशन दिएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको छ ।
बैठकमा बोल्दै परिषद्का सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखमा हुने पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताए ।
उनले छनौट प्रतियोगिताहरु एक जिल्लामा मात्रै सिमित नगरी सम्भव भएसम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्नसमेत आग्रह गरेका थिए ।
सो बैठकमा प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

